एमसीसीबारे माओवादीले चुनावपछि विशेष बहस गर्ने

images
  • 169
    SHARES
  • आषाढ २३, २०७९ बिहीबार
    एमसीसीबारे माओवादीले चुनावपछि विशेष बहस गर्ने
    images

    काठमाडौं 

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसीबारे आम चुनावपछि मात्र पार्टीमा बहस गर्ने बताएका छन् ।

    mawobadi1656836441_20220703143048.jpg

     

    प्रतिनिधिसभाले १२ बुँदे ब्याख्यात्मक घोषणासहित एमसीसी पास गरेको थियो । तर नारायणकाजी श्रेष्ठ समूहका नेताहरुले असन्तुष्टि जनाएका थिए । त्यसबेला स्थानीय चुनावपछि पार्टीमा छलफल गर्ने र फरक मत आए तल्लो तहसम्म लैजाने सहमति भएको थियो । त्यतिबेला २० जेठमा केन्द्रीय समिति बैठकको मिति समेत तोकिएको थियो ।

    तर पटक पटक मिति सर्दै बैठक १९ असारमा सुरु भयो । तर यो बैठकमा एमसीसी एजेण्डामै परेन । बिहीबार यही बैठकलाई सम्बोधन गर्दै प्रचण्डले एमसीसीबारे संघ र प्रदेशको निर्वाचनपछि विशेष बहस गर्ने बताएका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend