बेलायती प्रधानमन्त्रीले कन्जर्भेटिभ पार्टीकाे नेताबाट राजीनामा दिने

images
  • 141
    SHARES
  • आषाढ २३, २०७९ बिहीबार
    बेलायती प्रधानमन्त्रीले कन्जर्भेटिभ पार्टीकाे नेताबाट राजीनामा दिने
    images

    बेलायती प्रधानमन्त्री बाेरिस जाेनसनले कन्जर्भेटिभ पार्टीकाे नेताबाट राजीनामा दिनु हुने भएकाे छ । 

    boris_johnson_1FyTgtPcSC.png

    प्रधानमन्त्री जाेनसनले आज पार्टीकाे नेताबाट राजीनामा दिने र आउँदाे शरद् ऋतुसम्म प्रधानमन्त्री पदमा रहने बीबीसीले जनाएकाे छ । उहाँले आज सार्वजनिक रूपमा राजीनामाकाे घाेषणा गर्ने बताइएकाे छ ।

    आउने समयमा कन्जर्भेटिभ पार्टीमा नेताकाे पदमा प्रतिस्पर्धा हुने र अक्टाेबरमा पार्टी सम्मेलनमा नयाँ प्रधानमन्त्रीकाे घाेषणा हुने बीबीसीले जनाएकाे छ ।

    पछिल्लाे दुई दिनमा बाेरिस जाेनसनकाे क्याबिनेटका कैयाैँ मन्त्रीले राजीनामा दिएका छन् र केही सांसद पनि उहाँका विरुद्ध छन् । सरकारका प्रभावशाली केही मन्त्री तथा सल्लाहकार गरी ४० जनाभन्दा धेरैले राजीनामा दिएपछि बेलायती प्रधानमन्त्री जाेनसन दबाबमा पर्नुभएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend