पर्सामा दुई सय ७० किलो गाँजा बोकेको ट्रकसहित प्रहरीले दुई जनालाई पक्राउ

images
  • 168
    SHARES
  • आषाढ २३, २०७९ बिहीबार
    पर्सामा दुई सय ७० किलो गाँजा बोकेको ट्रकसहित प्रहरीले दुई जनालाई पक्राउ
    images

    पर्सा 

    पर्सामा दुई सय ७० किलो गाँजा बोकेको ट्रकसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

    pic_Xle1H8jtPa.jpg

    पर्साको परवानीपुर सडकमा गाँजा बोकेको यूपी २१ एएन ९९५७ नम्बरको भारतीय ट्रक र बिहारका विजेशकुमार यादव र बिहारकै धर्मेन्द्र यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । ठूलो मात्रामा गाँजा ओसारपसार भइरहेको सूचना पाएपछि प्रहरीले विशेष टोली खटाएको थियो । 

    पक्राउ परेकाहरूलाई लागुऔषध कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend