३१ वैकल्पिक सदस्य थपेर पोलिटब्युरो सदस्यको संख्या १५६ बनाउन प्रचण्डको प्रस्ताव

images
  • 154
    SHARES
  • आषाढ २३, २०७९ बिहीबार
    ३१ वैकल्पिक सदस्य थपेर पोलिटब्युरो सदस्यको संख्या १५६ बनाउन प्रचण्डको प्रस्ताव
    images

    काठमाडौं 

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पोलिटब्युरो सदस्यको संख्या १५६ पुर्‍याउने प्रस्ताव गरेका छन् । एक घण्टापछि सुरु भएको बैठकमा उनले ३१ जना वैकल्पिक पालिटब्युरो सदस्य थप्न सकिने प्रस्ताव गरेका हुन् ।

    Capture1_20220703122730.jfif

    यसअघि आजै प्रचण्डले १२५ सदस्यीय पोलिटब्युरो बनाउने प्रस्ताव गरेका थिए । तर, सदस्यहरूको नाममा विवाद भएपछि बैठक एक घण्टा रोकिएको थियो । “समस्या बल्झाउने होइन सक्नेतिर लागौँ,” बैठकमा प्रचण्डले भने, “वैकल्पिक ३१ थपेर १५६ को बनाउन सकिन्छ ।”

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend