पोखरामा करेन्ट लागेर एक जनाको ज्यान गयाे

images
  • 176
    SHARES
  • आषाढ २३, २०७९ बिहीबार
    पोखरामा करेन्ट लागेर एक जनाको ज्यान  गयाे
    images

    कास्की 

    पोखरामा करेन्ट लागेर एक जनाको ज्यान गएकाे छ । पोखरा महानगरपालिका ५ पर्स्याङ खुडेपोखरी नजिक निमार्ण भइरहेको घरमा रङ्ग लगाउने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गको प्रहरीले जानकारी दिएको छ । 

    death_PBnKWDLKuK.jpg

    करेन्ट लागेर सिन्धुली घर भइ अहिले पोखरा १७ घारीपाटन बस्दै आएका ४० वर्षीय कृष्णबहादुर रानामगरको ज्यान गएकाे कास्कीका निमित्त प्रहरी प्रमुख सुन्दर तिवारीले जानकारी दिनुभयाे । हाइटेन्सन विद्युत् लाइनकाे तारमा छोइन गइ दुई तले घरबाट खस्दा रानामगरकाे ज्यान गएकाे उहाँकाे भनाइ छ । 

    रानामगरको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend