देवघाट गाउँपालिकामा ५ वडामा निस्सा वितरण

images
  • 669
    SHARES
  • आषाढ २३, २०७९ बिहीबार
    देवघाट गाउँपालिकामा ५ वडामा निस्सा वितरण
    images

    देवघाट तनहुँ : असार २३ करिस्मा गुरुङ

    " हाम्रो देवघाट, समुन्नत देवघाट " भन्ने मुल नाराका साथ देवघाट गाउँपालिकामा ५ वडामा भूमिहीन दलित भूमिहीन सुकुम्बासीहरूलाई निस्सा वितरण कार्यक्रम सुरू भएको छ । देवघाट गाउँपालिका ५ नम्बर वडा कार्यलयको आयोजनामा भएको सो निस्सा वितरण कार्यक्रम आज सिटि हलमा भएको थियो।

    uunmmmm.jpg

    कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय भूमि आयोग जिल्ला अध्यक्ष रामचन्द्र अधिकारीले मन्तव्य दिदैँ यस निस्सा वितरण कार्यलाई छिटोछिटो सकि नियम अनुसार कार्य प्रक्रियालाई अगाडि बढाउन अनुरोध गरी आफुले आयोगबाट गर्नुपर्ने काममा पुर्ण रुपमा सहयोग गर्ने प्रतिवद्वता जनाउनु भयो।

    qqwwer.jpg

    सो निस्सा वितरण कार्यक्रम देवघाट गाउँपालिका वडा नम्बर ५ भित्र रहेका भूमिहीन दलित भूमिहीन सुकुम्बासीलाई वितरण गरिएको कार्यक्रमका बिशिस्ट अतिथि देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापाले बताउनुभयो। अध्यक्ष थापाले आफु निर्वाचित भए आएलगत्तै यहि कामलाई पहिलो प्राथमिकतामा राखी अघि बढेको बताउदैँ देवघाट बाँसिहरूको आसा र भरोसालाई छिट्टै नै पुर्जा हातमा थमाएर पूरा गर्ने प्रतिवद्वता समेत गर्नुभयो।

     

    asdfn.jpg

    सोही कार्यक्रममा देवघाट गाउँपालिका उपाध्यक्ष भुवन सिं गुरूङले देवघाट गाउँपालिकामा यो भन्दा अगाडि निस्सा समेत वितरण गर्न सकेको थिएन तर यस पटकको सरकारले यस कार्यलाई गम्भीरताका साथ अगाडि बढाएर निस्सा वितरण गरिएको बताउनुभयो ।उपाध्यक्ष गुरूङले अव्यवस्थित बसोबास गरेका व्यक्तिहरूलाई यहि साउनको पहिलो हप्तामा निस्सा वितरण गर्ने जानकारी गराउनुभयो ।

     

    nnvri.jpg

    कार्यक्रममा नेकपा एमाले देवघाट गाउँ कमिटीका अध्यक्ष केशव चन्द्र न्यौपानेले जुनसुकै सरकारले भएपनि जनतालाई लालपुर्जा उपलब्ध गराउनु हो त्यसलाई अगाडि बढाउन हरकदम अघि बढिरहनु भएकोमा आफ्नो तर्फबाट गर्नुपर्ने सहयोग गर्ने बताउनुभयो ।

    vvbgh.jpg

    कार्यक्रममा राष्ट्रिय भूमि आयोग जिल्ला सदस्य श्रीराम कार्की, देवघाट गाउँपालिकाका प्रशासकीय अधिकृत रमेश सुवेदी, देवघाट गाउँपालिकाका वडा नम्बर ५ का सदस्य सरस्वती परियार, कमला गुरूङ,बुद्वि बहादुर पाण्डे,याम बहादुर मगर लगाएत उपस्थिति रहेको थियोे भने कार्यक्रम देवघाट गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष पूर्ण बहादुर कुँवरको अध्यक्षता सम्पन्न भएको थियोे ।

     

     

     

     

    nnnnnnm.jpgyyyyyhhh.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend