देवघाट तनहुँ : असार २३ करिस्मा गुरुङ
तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ साउने स्थित रहेको साउने खानेपानी तथा सिंचाई आयोजनाको समुद्वघाटन आज एक कार्यक्रम बिच भएको छ । रोटरी क्लब अफ नारायणगढद्वारा संयुुक्त साझेदारी रोटरी क्लब अफ पास्को केनवीक ( यु.एस.ए ) ५०८० वाटर सेन्टर २१ बाट निर्मित साउने खानेपानी तथा सिंचाई आयोजनाको समुद्वघाटन भएको थियो।

सोही कार्यक्रममा कार्यक्रम प्रमुख अतिथि डिस्ट्रिक गभर्नर रो. जितेन्द्र बहादुर राजभण्डारीले रोटरी एउटा सेवा दिदैँ आएको सँस्था हो यस संस्थाले गरिबी तथा पिछडिएका वर्गहरूलाई उद्वार गर्दै आएको र आउदो दिनहरूमा पनि यस्तै सेवा दिदैँ अघि बढ्ने बताउनुभयो। तेस्तै देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले रोटरी क्लब अफ नारायणगढले देवघाट गाउँपालिका प्रति गरेको अति सराहनीय कार्य प्रति धन्यवाद दिदैँ आगमि दिनहरूमा पनि सहकार्य गरेर अघि बढ्ने बताउदैँ साउने गाउँ भन्दा पनि पिछडिएका गाउँहरू छन् ति स्थानहरुमा पनि योजनाहरू बनाइ रोटरी क्लब अफ नारायणगढलाई अघि बढ्न अनुरोध गर्नुभयो।

रोटरी क्लब नारायणगढका सेवा परियोजना प्रमुख रो. गुनेश्वोर प्रसाद महतोले रोटरी क्लब अफ नारायणगढले विभिन्न गाउँहरूमा यस्तै सेवा मुलक कार्यहरू गर्दै आइरहेको सिलसिला साउनेमा पनि धेरै कार्यक्रमहरू गर्दै एक घर एक धारा मार्फत ३५ घरधुरीलाई खानेपानी तथा सिंचाई आयोजनाको कार्यक्रम अन्तर कार्यक्रमको उद्वघाटन गरेको बताउनुभयो । लगभग ५५ लाख लागतमा खानेपानीको काम गरिएको महत्वले जानकारी दिनुभएको थियोे ।

उनले पानी सुद्विकरण गरेर ३५ घरधुरीलाई पुग्ने पानी देउती खोलाबाट लगभग १सय ५० मिटर अग्लो डाँडामा सोलार पम्मिङ्ग गरेर साउने गाउँमा पानी लगिएको बताउनुभयो । खानेपानी मात्रै नभएर हरेक घरधुरीलाई फोहोरा सिंचाई मार्फत करेसाबारीमा तरकारी लगाउन र सिंचाई गर्न हरेक घरलाई १० वटा जडान भैसकेको र बाँकि २५ वटा जडान गर्न बाँकी छ र त्यसलाई छिट्टै जडान गर्ने बताउनुभयो ।

उनले गरिबी तथा पिछडिएका गाउँको थोरै मात्रमा भएपनि केही पैसा कमाउने स्रोत होस् भन्ने उद्वेश्यले यस साउने गाउँमा प्रोजेक्टको सुरू गरिएको बताउनुभयो। कार्यक्रममा विशिष्ट अतिथि पुर्व डिस्ट्रिक गभर्नर रो. संजय गिरीले मन्तव्य दिनुभएको थियोे भने देवघाट गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष पूर्ण बहादुर कुँवरले स्वागत मन्तव्य दिनुभएको थियोे र उक्त साउने गाउँमा रहेको जलदेवी आमा समूह तथा जलदेवी टोल विकास संस्थाका अध्यक्ष भरिमाँया गुरूङले रोटरी क्लब नारायणगढले साउने गाउँको मुहार हेरिदिनु भएको भन्दैँ धन्यवाद प्रकट गरेका थिए ।

कार्यक्रममा रोटरी क्लब नारायणगढका संस्थापक अध्यक्ष रो. निरन्जन प्रधान, रोटरी क्लब नारायणगढ जोन असिस्टेन्ट गभर्नर रो. विपिन पोख्रेल, रोटरी क्लब नारायणगढ डिस्ट्रिक सेक्रेटेरी रो. अमित गिरी, रोटरी क्लब नारायणगढका पूर्ण अध्यक्षहरू रमेश श्रेष्ठ, रमेश पौडेल, नारायण प्रधान, रोटरी क्लब नारायणगढका निर्वाचित अध्यक्ष भोलानाथ लामिछाने, रोटरी क्लव नारायणगढका सचिव राजाराम सिटौला लगाएत उपस्थिति रहेको थियोे भने कार्यक्रम रोटरी क्लब नारायणगढका मनोनीत अध्यक्ष यज्ञमुनि बज्राचार्यको संयोजकत्वमा सम्पन्न भएको थियो । कार्यक्रम रोटरी क्लब नारायणगढका अध्यक्ष रो.नगेन्द्र बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियोे भने रोटरीले गरेको कार्य प्रति साउने बासिहरू हर्षित थिए ।





