नेपाल मगर पत्रकार संघ चितवनको अध्यक्षमा : आशिक राना मगर

images
  • 131
    SHARES
  • आषाढ २४, २०७९ शुक्रबार
    नेपाल मगर पत्रकार संघ चितवनको अध्यक्षमा : आशिक राना मगर
    images
    देवघाट तनहुँ : असार २४ देवघाट
     
    नेपाल मगर पत्रकार संघ चितवनको अध्यक्ष पदमा आशिक राना मगर निर्वाचित हुनु भएको छ । नेपाल मगर पत्रकार संघ जिल्ला समिति चितवनको प्रथम जिल्ला अधिवेशनमा राना मगर अध्यक्ष पदमा निर्वाचित भएको हो ।
    tttttttttyyu.jpg
     
    सो प्रथम जिल्ला अधिवेशनमा सात सदस्यीय अध्यक्ष पदमा आशिक राना मगर,उपाध्यक्ष पदमा आशिका थापा मगर,सचिव पदमा मुना लम्तरी मगर, कोषाध्यक्ष पदमा देउ कुमार थापा मगर, सदस्यहरू तिलक थापा मगर,पुनम थापा मगर र किरण थापा मगर सर्वसहमतले निर्वाचित भएको हो । सोहि कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष एवं कार्यक्रमको प्रमुख अतिथि तिलबहादुर थापामगरले चितवन जिल्लामा नेपाल मगर पत्रकार संघ गठन भएकोमा खुसी व्यक्त गर्नुभयो । साथै अध्यक्ष थापाले आगामी दिनहरुमा समन्वय र सहकार्य गरी अगाडी बढ्ने प्रतिबद्ध समेत गर्नुभयो।
    nnnnnmm.jpg
     
    कार्यक्रममा बिशिस्ट अतिथि देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवनसिंह गुरुङले आदिवासी जनजाति भित्रबाट एउटा संगठन बिस्तार हुनु नै ठुलो कुरा हो भन्दै यसले संघले भावि दिनहरूमा समाजमा सकारात्मक सन्देश मुलक कार्यहरू गर्दै अघि बढ्न अनुरोध गर्नुभयो ।
    oopppppp.jpg
     
    कार्यक्रममा नेपाल मगर संघ चितवनका उपाध्यक्ष भीमबहादुर थापामगर, नेपाल आदिवासी जनजाति महासंघ चितवनका सचिव रामबहादुर भुजेल, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनका अध्यक्ष रमेश रानामगर, थारू पत्रकार संघका केन्द्रीय उप-महासचिव विजय चौधरी, तमू सञ्चारमकर्मी संघ चितवनका अध्यक्ष तुलमान गुरूङ, नेवा पत्रकार राष्ट्रिय दबू चितवनका अध्यक्ष कमलमान श्रेष्ठ, तामाङ पत्रकार संघ चितवनकाअध्यक्ष बबिलाल तामाङ लगायतले शुभकामना मन्तव्य दिएका थिए भने नेपाल मगर संघ चितवन जिल्लाका उपाध्यक्ष लाल बहादुर राना मगर,नेपाल मगर संघका निवर्तमान केन्द्रीय सदस्य चन्द्र बहादुर राना मगर, नेपाल मगर संघ केन्द्रीय साँस्कृतिक उपाध्यक्ष देवी थापा मगर, नेपाल मगर महिला संघ अध्यक्ष धर्मा राना मगर, नेपाल मगर युवा संघ अध्यक्ष महेन्द्र थापा मगर, नेपाल मगर साँस्कृतिक संघ अध्यक्ष प्रेम कुमारी आले, नेपाल मगर भुपु सैनिक संघ अध्यक्ष यम बहादुर थापा मगर, नेपाल मगर बौद्व सेवा संघ अध्यक्ष कर्ण बहादुर राना, नेपाल मगर विद्यार्थी संघ अध्यक्ष कुमार सिंजाली, मिग होल्डिङ चितवन प्रमुख भिम बहादुर थापा मगर लगाएतको कार्यक्रममा उपस्थिति रहेको थियोे ।
    aaaaaa.jpg
     
    कार्यक्रम नेपाल मगर पत्रकार संघ तदर्थ समिति चितवनका अध्यक्ष खिल बहादुर राना मगरको अध्यक्षतामा भएको थियोे ।
    wwwwwww.jpg
     
    iiiiiiioop.jpg
    cccvv.jpgcccvv.jpg
    nnnnjj.jpg

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend