प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायत नेपालको एउटा महत्त्वपूर्ण विकास साझेदार

images
  • 176
    SHARES
  • आषाढ २५, २०७९ शनिबार
    प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायत नेपालको एउटा महत्त्वपूर्ण विकास साझेदार
    images

    काठमाडौं 

    प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायत नेपालको एउटा महत्त्वपूर्ण विकास साझेदार भएको बताएका छन् । प्रधानमन्त्री देउवाले नेपाल पत्रकार महासंघ युकेको स्थापनाको दश वर्ष पूरा भएको अवसरमा एक सन्देश दिँदै दुई मुलुकसँग दुई सयभन्दा बढी लामो ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गरेका छन्।

    deuwa-pm_20220115082414.jpg

     

    देउवाले ठूलो संख्यामा रहेका भूतपूर्व गोर्खा सैनिकका समस्या तथा माग सम्बन्धित क्षेत्रसम्म पुराउन बेलायतस्थित नेपाली सञ्चारकर्मीहरुले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गरे ।

    देउवाले आइतबार हुने विशेष समारोहको सफलताको लागि शुभकामना व्यक्त गर्दै आगामी दिनमा पनि बेलायतमा कार्यरत पत्रकारहरूले नेपाल–बेलायत सम्बन्ध मजबुत पार्न रचनात्मक भूमिका निर्वाह गर्ने विश्वास लिएका छन् ।

    उनले सन् १९९० पछि नेपालीहरू संसारभर पुगेका प्रवासी नेपाली समुदायले नेपाली भाषा, साहित्य र संस्कृतिको जगेर्ना गर्न सक्दो प्रयास गरिरहेको बताए ।

    देउवाले प्रवासबाट सञ्चालित नेपाली सञ्चार माध्यमहरूले गैर आवासीय नेपालीहरुलाई नेपालसँग जोड्नुका साथै स्थानीय नेपाली समुदायका समस्या पहिल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गरेका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend