अन्तर्घात छानबिन गर्न माओवादीले बनायो तीन सदस्यीय समिति

images
  • 297
    SHARES
  • आषाढ २५, २०७९ शनिबार
    अन्तर्घात छानबिन गर्न माओवादीले बनायो तीन सदस्यीय समिति
    images

    काठमाडौं 

    नेकपा माओवादी केन्द्रले स्थानीय चुनावमा भएको अन्तर्घात छानबिन गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । शनिबार बसेको स्थायी समिति बैठकले टंक राईको अध्यक्षतामा सो समिति गठन गरेको हो ।

    vvvvvggbbh.jpg

     

    समितिका अन्य सदस्यहरूमा मुक्ति प्रधान र खिमलाल देवकोटा रहेका छन् । पार्टी प्रवक्ता कृष्ण बहादुर महराले केन्द्रीय समितिको बैठकमा स्थानीय चुनावमा अन्तर्घात भएको कुरा व्यापक रूपमा उठेपछि सो समिति गठन गरेको जानकारी दिएका हुन् ।

     

    त्यस्तै, पार्टीको विद्यार्थी संगठनमा समस्या देखिएकाले त्यसलाई समाधान गर्नका लागि पनि सुझाव समिति गठन गरेको छ । समितिमा पूर्व विद्यार्थी नेताहरू रमेश मल्ल, नरेन्द्र न्यौपाने र रत्न ढकाल रहेका छन् । समितिले सुझाव बुझाएपछि स्थायी समितिले त्यसबारे आवश्यक निर्णय गर्ने प्रवक्ता महराले जानकारी दिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend