देवघाट तनहुँ : असार २३ करिस्मा गुरुङ
तनहुँको देवघाट गाउँपालिकाको गाउँ सभा तथा दशौं अधिवेशन सम्पन्न भएको छ । दशौं अधिवेशन दोस्रो वैठकमा पेश भएको आ.व. २०७९/०८० को बजेटमा १ करोड ५० लाख रूपैयाँ थप अनुमान गरी आगमी आ.व. २०७९/०८० को वार्षिक कुल बजेट ५३ करोड छपन्न लाख चौंसट्ठी हजार रूपैयाँ संशोधित अनुमान सहित बजेट पारित भएको छ ।

गाउँ सभामा देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूङले न्यायिक समिति प्रतिवेदन २०७९ प्रस्तुत र चालु आ. व. २०७८/०७९ को बजेट संशोधन तथा स्थानान्तरण सँगै पहिलो गाउँ सभामा गाउँपालिका उपाध्यक्षबाट प्रस्तुत भएको देवघाट गाउँपालिकाको आ.व.२०७९/०८० को वार्षिक बजेट छलफल संशोधन तथा पारित गरिएको थियोे ।

आर्थिक दायित्व सम्बन्धी प्रस्ताव गै.स.स. वजेट, कर्मचारी कल्याण कोष, म. ले. प. वेरूजु असुल तथा सुझाव कार्यान्वयन देवघाट गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष मनिराज गुरूङले प्रस्तुत गर्दै पारित भएको थियोे । त्यस्तै देवघाट देवघाट गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष मित्रलाल गुरूङले देवघाट गाउँसभा सदस्यले पाउने सुविधा सम्बन्धी नियमावली २०७७ लाई संशोधन गर्न बनेको पहिलो संशोधन विधेयक २०७९ र देवघाट गाउँपालिकाको सामाजिक विकास समिति शिक्षा विधेयक २०७९ छलफल र प्रस्तुत गर्दै पारित भएको थियोे ।

देवघाट गाउँपालिकाको सार्वजनिक खरिद नियमावली २०७५ लाई संशोधन गर्न वनेको पहिलो संशोधन नियमावली २०७९ देवघाट गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष टेक बहादुर आलेले प्रस्तुत सँगै पारित भएको थियोे । साथै लेखा समिति कार्यविधि नियमावली २०७९ देवघाट गाउँपालिका वडा नम्बर ५ वडाअध्यक्ष पुर्ण बहादुर कुँवरले प्रस्तुत गर्दै पारित गर्दै देवघाट गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष मिन बहादुर रानाबाट प्रस्तुत देवघाट गाउँपालिकाको आ.व. २०७९/०८० को विनियोजन विधेयक २०७९ छलफल तथा पारित भएको थियोे ।

सो कार्यक्रम देवघाट गाउँपालिका कार्यक्रम शाखा अधिकृत कृष्णराज पन्तले सञ्चालन गर्नुभएको थियो भने गाउँ सभा तथा दशौं अधिवेशन देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो।





