झापाको बिर्तामोड शनिश्चरे सडकखण्डमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

images
  • 137
    SHARES
  • आषाढ २६, २०७९ आइतबार
    झापाको बिर्तामोड शनिश्चरे सडकखण्डमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
    images

    झापा 

    झापाको बिर्तामोड शनिश्चरे सडकखण्डमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

    accident_20210214155920.png

     

    बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयका अनुसार दुर्घटनामा पाँचथर फिदिम नगरपालिका–५ का २६ वर्षीय कुमार खनालको मृत्यु भएको हो ।प्रहरीले दुर्घटनास्थलमा भेटिएको नागरिकताका आधारमा उनी फिदिमको बासिन्दा भएको पत्ता लगाएको हो। 

    उनी सवार बा४२प १२८ नंको मोटरसाइकल सडक किनारमा पल्टिएको र सडकमै मृत भेटिएको प्रहरीको भनाइ छ। दुर्घटना र मृत्युबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend