१४ लाख भन्दा बढी मूल्य बराबरको अवैध मालसामान बरामत

images
  • 138
    SHARES
  • आषाढ २६, २०७९ आइतबार
    १४ लाख भन्दा बढी मूल्य बराबरको अवैध मालसामान बरामत
    images

    नवलपुर 

    नवलपरासी (पश्चिम) प्रहरीले भन्सार छलेर ल्याइएको १४ लाख भन्दा बढी मूल्य बराबरको अवैध मालसामान बरामत गरेको छ । बर्दघाट नगरपालिका–४  टिसीएन चोकमा खानतलासीका क्रममा ट्रकमा लोड गरिएको  १४ लाख ११ हजार १ सय ४० मूल्य बराबरको अवैध चिनी तथा कपडा बरामद गरिएको प्रहरीले जनाएको छ  ।

    photo_2_iNQ6YQvCz0_20220710113535.jpg

     

    ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले दक्षिण तर्फबाट उत्तर तर्फ आउँदै गरेको ना ६ ख २३८८ नम्बरको ट्रकलाई चेकजाँच गर्ने क्रममा ट्रकमा अवैध सामान भेटिएको प्रहरी प्रवक्ता डीएसपी प्रेम बहादुर शाहीले जानकारी दिए ।  

    त्यसैगरी सोही स्थानमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको ना ७  ख २०१५ नम्वरको बसलाई चेकजाँच गर्ने क्रममा विना विल ल्याउदै गरेको अन्दाजी १ लाख ५७ हजार ५ सय मुल्य बराबरको जेन्स टिसर्ट, लेडिज टप्स लगायतका बिभिन्न कपडा फेला पारेको शाहीले बताए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend