पाकिस्तानले महिला साफ च्याम्पियनसिपमा सहभागिता जनाउने

images
  • 124
    SHARES
  • आषाढ २६, २०७९ आइतबार
    पाकिस्तानले महिला साफ च्याम्पियनसिपमा सहभागिता जनाउने
    images

    काठमाडाैँ 

    विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) बाट प्रतिबन्ध फुकुवा भएसँगै पाकिस्तान फुटबल फेडेरेसन (पिएफएफ) ले आफ्नो महिला टोलीलाई नेपालमा हुने साफ च्याम्पियनसिपमा सहभागी गराउने निर्णय गरेको छ ।पाकिस्तानको सहभागिता पक्का भएसँगै ७ राष्ट्रले महिला साफ च्याम्पियनसिप खेल्ने भएका छन् । उसको महिला आठ वर्षपछि महिला फुटबलमा सहभागिता जनाउन लागेको हो । 

    Pakistan_7phPSkMfaT_20220710114654.png

     

    महिला साफ च्याम्पियनसिप आगामी भदौ १३ देखि २५ गतेसम्म नेपालमा हुने तय भइसकेको छ । फिफाले तेस्रो पक्षको हस्तक्षेपको कारण देखाउँदै सन् २०२१ को ५ अप्रिलमा पाकिस्तान फुटबल महासंघ (पिएफएफ) लाई प्रतिबन्ध लगाएको थियो ।

    सन् २०२२ को १ जुलाईमा प्रतिबन्ध फुकुवा भएपछि पाकिस्तानले सबै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने मौका पाएको हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend