पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पाटीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले विवेकशील–साझाका युवा नेताहरूसँग छलफल

images
  • 140
    SHARES
  • आषाढ २६, २०७९ आइतबार
    पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पाटीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले विवेकशील–साझाका युवा नेताहरूसँग छलफल
    images

    काठमाडाैँ

    पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पाटीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले विवेकशील–साझाका युवा नेताहरूसँग छलफल गरेका छन् । 

    baburam_FY2ihz6Gj8_20220710121001.jpg

     

    वैकल्पिक राजनीतिका मुद्दा र सम्भावनाबारे अन्तरंग छलफल भएको डा. भट्टराईले शनिवार राति सामाजिक ट्वीटरमा शेयर गरेका छन् । देशमा राजनीतिक, आर्थिक लगायत सबै क्षेत्रमा गम्भीर संरचनात्मक समस्या रहेको र पूराना राजनीतिक शक्तिहरू अक्षम रहेको स्थितिमा अहिलेसम्म भएका विभिन्न प्रयोगहरूबाट सिकेर अघि बढ्नुपर्ने सुझाव पनि दिएको उनले उल्लेख गरेका छन् । 

    उनले लेखेका छन्,‘विवेकशील–साझाका युवा नेताहरूसँग देशमा वैकल्पिक राजनीतिका मुद्दा र सम्भावनाबारे अन्तरंग छलफल । देशमा राजनीतिक,आर्थिक लगायत सबै क्षेत्रमा गम्भीर संरचनात्मक समस्या रहेको र पूराना राजनीतिक शक्तिहरू अक्षम रहेको स्थितिमा अहिलेसम्म भएका विभिन्न प्रयोगहरूबाट सिकेर अघि बढ्नुपर्ने सुझाव ।’

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend