देवघाट तनहुँ:असार २६ गते
आशिक राना
तनहुँको देवघाट गाउँपालिका ५ वडा कार्यालयको आयोजनामा सुन्दरशिल टोल बिकास संस्थाका अव्यवस्थित बसोबासहरुका लागि निस्सा वितरण कार्यक्रम सम्पन्न भएको छ ।

निस्सा वितरण कार्यक्रम देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापाले देवघाट गाउँपालिका वडा नम्बर ५ भित्र रहेका भूमिहीन दलित भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण पछि अव्यवस्थित बसोबासहरुको लागी निस्सा वितरण कार्यक्रम आज बाट सुरु गरिएको बताउनुभयो।साथै अध्यक्ष थापाले देवघाट गाउँपालिका ५ वटा वडाहरुमा क्रमिक रुपमा निस्सा वितरण गर्ने बताउदै धैर्य गर्न सम्पुर्ण जनसमुदायहरुलाई आग्रह समेत गर्नुभएको छ।

साथै गाउँपालिका उपाध्यक्ष भुवन सिं गुरुङले देवघाट गाउँपालिका भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासहरुको लागी गम्भीरताका साथ अगाडी बढाएई निस्सा वितरण गरेको बताउनुभयो।

कार्यक्रम ५ वडा अध्यक्ष पुर्ण बहादुर कुँवर भूमिहीन दलित भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण पछि आज बाट अव्यवस्थित बसोबासहरु लागि सुन्दरशिल टोल बिकास संस्थाका बाट सुरु गरी २१ वटा टोल बिकासहरुमा पुगी जनसमुदायको मनोभावनालाई बुझेर निस्सा वितरण गर्ने बताउनुभयो।साथै वडा अध्यक्ष कुँवरले नाम छुटेका भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासहरुलाई वडा कार्यालय सम्पर्क गर्न आग्रह समेत गर्नुभएको छ। गाउँपालिका स्तरीय सहजीकरण समितिका सदस्य अर्जुन अधिकारी देवघाट गाउँपालिकाका ५ वटा वडामा निस्सा वितरण पछि पुर्जा वितरण कार्यक्रम पनि छिट्टै हुने बताउनुभयो ।साथै उहाँले दिउँसो ३ बजे तिन कन्या टोल बिकास संस्थाका अव्यवस्थित बसोबास हरुका लागि देवघाट ५ क्यूदी स्थित कालिका मा.वी. को प्राङ्गणमा बाट निस्सा वितरण हुने हुँदा उपस्थितिको लागी अनुरोध समेत गर्नुभएको छ।

कार्यक्रममा ५ वडा सदस्य बुद्धि बहादुर पाण्डे,याम बहादुर मगर,कमला गुरुङ,सरस्वती परियार,नेपाली काङ्ग्रेस देवघाटका पुर्व सभापति बाबुराम पौडेल,नेपाली काङ्ग्रेस देवघाट५का सभापति सोमनाथ ढकाल,तरुण दल देवघाटका अध्यक्ष बल बहादुर क्षेत्री, देवघाट गाउँपालिका वाइसीएलका इन्चार्ज दुर्गालाल गुरुङ, देवघाट गाउँपालिका कार्यक्रम शाखा अधिकृत कृष्णराज पन्त लगाएको उपस्थिति रहेको थियो।



