राष्ट्रपतिले गरिन् तुलसी रोपण

images
  • 169
    SHARES
  • आषाढ २६, २०७९ आइतबार
    राष्ट्रपतिले गरिन् तुलसी रोपण
    images

    काठमाडाैँ 

    राष्ट्रपति विद्यादेवी भण्डारीले हरिशयनी एकादशीका अवसरमा आज राष्ट्रपति भवनको निजी निवास परिसरमा पूजा अर्चनासहित तुलसीको बिरुवा राेपेकी छन्।आजको दिन तुलसीको बिरुवा रोपी व्रत बस्नाले समाज, परिवार एवं स्वयंमा सुख, शान्ति तथा आरोग्य प्राप्ति हुने जनविश्वास छ।

    1492370456-bidhya-devi-bhandari--fb517_20210212073846.jpg

     

    हिन्दु धर्म परम्परामा हरिशयनी एकादशीका दिनदेखि चतुर्मास व्रत प्रारम्भ भई ईश्वर उपासनाको महत्त्वपूर्ण समय सुरु भएको मानिन्छ।औषधीय गुणलेयुक्त तुलसीलाई स्वास्थ्यका दृष्टिले लाभदायी जडिबुटी मानिएकाले घरैमा तुलसीका बिरुवा हुर्काइ प्रत्यक्ष फाइदा लिन सकिन्छ।

    रुघाखोकी, ज्वरो जस्ता थुप्रै बिरामीको उपचारमा तुलसी, घरेलु औषधिका रूपमा उपयोग गर्ने गरिन्छ।यसप्रकार परापूर्वकालदेखि नै हरिशयनी एकादशीको धार्मिक तथा स्वास्थ्यसँग सम्बन्धित पक्षको विशेष महत्त्व रहेको पाइन्छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend