विम्बल्डनको उपाधिका लागि जोकोभिच र किर्गियोस भिड्ने

images
  • 126
    SHARES
  • आषाढ २६, २०७९ आइतबार
    विम्बल्डनको उपाधिका लागि जोकोभिच र किर्गियोस भिड्ने
    images

    काठमाडाैँ 

    विम्बल्डन टेनिस प्रतियोगिताअन्तर्गत पुरुष एकलतर्फको उपाधिका लागि सर्बियाका नोभाक जोकोभिच र अस्ट्रेलियाका निक किर्गियोस भिड्दै छन् । लण्डनस्थित सेन्टर कोर्टमा हुने फाइनल खेल नेपाली समयानुसार साँझ पौने सात बजे सुरु हुनेछ । 

    jok_uwAgXoifXS_20220710150204.jpg

     

    साविक विजेतासमेत रहेका जोकोभिच आज जित हात पार्दै लगातार दोस्रो तथा समग्रमा सातौं विम्बल्डन उपाधि उचाल्ने योजनामा छन् । पहिलोपटक विम्बल्डनको फाइनल पुगेका किर्गियोस पनि पहिलो प्रयासमै उपाधि उचाल्ने दाउमा छन् । जोकोभिचले सेमिफाइनलमा बेलायती खेलाडी क्यामरुन नोरीलाई २–६, ६–३, ६–२ र ६–४ ले पराजित गर्दा किर्गियोसले राफेल नाडालबाट वाकओभर पाएका थिए । 

    स्पेनिस खेलाडी नाडालले चोटका कारण सेमिफाइनल खेल त्यागेका हुन् । महिला एकलतर्फको उपाधि कजाकिस्तानी एलेना रेबाकिनाले हात पारेकी छन् । उनले गएराति सम्पन्न फाइनलमा ट्युनिसियाकी ओन्स जबेउरलाई ३–६, ६–२ र ६–२ ले हारउँदै आफ्नो करिअरको पहिलो ग्राण्डस्लाम उपाधि हात पारेकी हुन् । 
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend