चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान छाओले प्रधानमन्त्री देउवासँग भेट

images
  • 364
    SHARES
  • आषाढ २६, २०७९ आइतबार
    चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान छाओले प्रधानमन्त्री  देउवासँग भेट
    images

    काठमाण्डाै –

    चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान छाओले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गर्नुभएको छ । 

    thumb_Z6MCY2eiVk.jpg

    प्रधानमन्त्री देउवालाई भेट्न छाओ बालुवाटार पुग्नुभएको हो । भेटमा द्विपक्षीय विविध विषयमा कुराकानी भइरहेको छ । प्रधानमन्त्री देउवासँगको भेटपछि छाओ परराष्ट्रमन्त्री डाक्टर नारायण खड्कालाई भेट्न सिंहदरबार जानुहुनेछ । 

    चाओ चार दिने भ्रमणका लागि आज आइतवार बिहान काठमाण्डौ आउनुभएको हो । विदेश विभाग प्रमुख लिउ जियान छाओले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, अन्य दलका अध्यक्षलगायत नेतासँग भेटवार्ता गर्नुहुनेछ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend