मधेस प्रदेश सभाले आर्थिक वर्ष २०७९/८० का लागि ल्याइएको बजेट सर्वसम्मतले पारित

images
  • 174
    SHARES
  • आषाढ २६, २०७९ आइतबार
    मधेस प्रदेश सभाले आर्थिक वर्ष २०७९/८० का लागि ल्याइएको बजेट सर्वसम्मतले पारित
    images

    जनकपुर ।

    मधेस प्रदेश सभाले आर्थिक वर्ष २०७९/८० का लागि ल्याइएको बजेट सर्वसम्मतले पारित गरेको छ ।

    madhesh_pradesh_sabha_nrsN0UaC73_20220709100808.jpg

     

    आइतबार बसेको प्रदेशसभाको बैठकमा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले पेस गरेको आर्थिक विधेयक २०७९ तथा कर तथा गैरकर राजश्व लगाउने तथा उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतले पारित गरेको हो ।

    शनिबार प्रदेशसभाबाट विनियोजन विधेयक पारित भएको थियो । असार १ मा मधेस प्रदेशका अर्थमन्त्री साहले आर्थिक वर्ष २०७९÷०८० का लागि ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजारको बजेट प्रस्तुत गरेका थिए ।

    बजेट पारित भएसँगै प्रदेशको प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend