भ्रातृ संस्थाको पूर्णताको माग राख्दै कोइराला समूहले प्रदर्शन गर्ने

images
  • 153
    SHARES
  • आषाढ २६, २०७९ आइतबार
    भ्रातृ संस्थाको पूर्णताको माग राख्दै कोइराला समूहले प्रदर्शन गर्ने
    images

    काठमाडौं । 

    नेपाली काँग्रेसको भ्रातृ संस्थालाई पूर्णता नपाएको विषयमा शेखर कोइराला समूहले सभापति शेरबहादुर देउवामाथि दबाब सृजना गर्ने भएको छ । काठमाडौंको विशालनगरमा कोइराला समूहको बैठक बसेको थियो ।

    shekhar-koirala-guta-bhela_20220701083037 (2).jpg

    सो समूहले नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ लगायतका भ्रातृ संस्थाको कार्यसमिति पूर्णताको माग गर्दै विरोध प्रदर्शन गर्ने निर्णयमा पुगेको हो । 

    शेखर समूहले पार्टी नेतृत्वको र सरकारको काम कारबाहीबारे केन्द्रीय समिति बैठकमा समीक्षा गर्नुपर्ने निष्कर्ष निकालेको छ । काँग्रेस केन्द्रीय समितिको बैठक सोमबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ । उक्त बैठकको समयमा पार्टी कार्यालय बाहिर शेखर समूहले भ्रातृ संस्थाको पूर्णताको माग राखेर प्रदर्शनको तयारी गरेका हुन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend