मेक्सिकोका पूर्व राष्ट्रपति लुइस इचेभेरिया अल्भारेजको निधन

images
  • 179
    SHARES
  • आषाढ २६, २०७९ आइतबार
    मेक्सिकोका पूर्व राष्ट्रपति लुइस इचेभेरिया अल्भारेजको  निधन
    images

    एजेन्सी ।

    मेक्सिकोका पूर्व राष्ट्रपति लुइस इचेभेरिया अल्भारेजको  १००  वर्षको उमेरमा शुक्रबार निधन भएको छ । उनका छोरा बेनिटो इचेभेरियाले शनिबार सिन्ह्वालाई सो बारे जनाकारी गराएका हुन्  ।

    Former-Mexican-President-Luis-Echeverria-Alvarez-dies-accused-of-the1657455375_20220710191717.jpg

    उनले सन् १९७० देखि १९७६ सम्म शासन गरेका थिए। उनको निधनमा मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले ट्वीटर मार्फत आफ्नो सम्मानजनक समवेदना व्यक्त गरेका छन् ।

    मेक्सिकोको संस्थागत क्रान्तिकारी पार्टीका सदस्य र  पेशाले कानुन व्यवसायी रहेका इचेभेरियाले मेक्सिकोको अन्तरराष्ट्रिय सम्बन्धलाई विशेष प्राथमिकतामा राखेर शासन गरेका थिए । सन् १९७२ मा संयुक्त राष्ट्रसंघमा राज्यको आर्थिक अधिकार र कर्तव्यको बडापत्रलाई प्रवर्द्धन का लागि उनी विशेष परिचित थिए। 

    उनले सन् १९७२ फेब्रुअरीमा चीनसँग कूटनीतिक सम्बन्ध स्थापनाको पहल पनि गरेका थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend