देवघाट तनहुँ : असार २६ करिस्मा गुरुङ
तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ अन्तर्गत रहेको गैडाढुङ्गा सामुदायिक वनको आयोजनामा ३ सय बिरुवा बृक्षरोपण गरिएको छ ।

जस्मा तेजपत्ता, कपुर, अमला, कटहर, टिक, चाप, बेलौती र धुपि लगाएतका करिब ३ सय बिरुवा बृक्षरोपण गरिएको गैडाढुङ्गा सामुदायिक वनका अध्यक्ष नर बहादुर गुरूङले बताउनुभयो। अध्यक्ष गुरूङले नयाँ भवन निर्माण कार्य भइरहेको जानकारी गराउदैँ बिरुवा भवनको आसपास र सामुदायिक भवनको खालि भु-भागमा बृक्षरोपण गरेको बताउनुभयो ।

सो बृक्षरोपण कार्यक्रममा वनका उपभोक्ताहरू नवराज गुरूङ, अविराज गुरूङ,तिर्थलाल गुरूङ, चित्र बहादुर गुरूङ, मेखराज गुरूङ, ज्ञान बहादुर गुरूङ, सोम बहादुर गुरूङ लगाएत उपस्थिति रहेको थियोे ।







