गठबन्धनबारे काँग्रेस प्रदेश सभापतिहरू विभाजित

images
  • 177
    SHARES
  • आषाढ २७, २०७९ सोमबार
    गठबन्धनबारे काँग्रेस प्रदेश सभापतिहरू विभाजित
    images

    काठमाडौँ 

    नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले सत्ता गठबन्धन हतारमा गरिएको भन्दै कार्यन्वयन गर्ने संयन्त्र जिम्मेवार नभएको बताएका छन् । 

    bvvvcx.jpg

     

    गठबन्धनकै कारण संगठन कमजोर भएको उनको गुनासो छ । सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा नेता शर्माले यस्तो बताएका हुन् ।

     

    गठबन्धन गरेर कांग्रेस पहिलो पार्टी बने पनि कमजोरी देखिएको औंल्याएका थिए । साथै माओवादीले कांग्रेसको साथ खोजे पनि विश्वास नगरेको उनको आरोप थियो । यस्तै आगामी चुनावमा गठबन्धन गर्नुअघि यस्ता कुरामा ध्यान दिनुपर्ने भन्दै उनले नेतृत्वलाई सचेत गराएका थिए ।

     

    केही जिल्लाबाट सहयोग भयो राम्रो भयो तर केहीमा राम्रो भएन । नेकपा एकीकृत समाजवादी जनअनुमोदित भएन । नेकपा एसले एमालेले जितेको ठाउँ माग्यो जुन गलत भयो । माओवादीले साथ खोज्यो तर विश्वास गरेन । अरूसँग मिल्यो, उनले भने ।

    उनले पोखरा महानगरपालिकासहित गण्डकीको चुनावी नतिजालाई लक्षित गर्दै यस्तो प्रतिक्रिया दिएका थिए । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनका क्रममा कांग्रेसले एकीकृत समाजवादीका नेतालाई पोखराको मेयरमा सहयोग गर्ने निर्णय गर्दा शर्मालगायत नेताहरूले विरोध जनाएका थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend