शाहरुखको ‘जवान’मा थलापति विजय अनुबन्धित

images
  • 152
    SHARES
  • आषाढ २७, २०७९ सोमबार
    शाहरुखको ‘जवान’मा थलापति विजय अनुबन्धित
    images

    एजेन्सी 

    बलिउड सुपरस्टार शाहरुख खानको फिल्म ‘जवान’मा दक्षिण भारतीय अभिनेता थलापति विजय अनुबन्धित भएका छन् । ‘जवान’मा खान एक्सन अवतारमा देखिँदा विजय भने अतिथि भूमिकामा मात्र अनुबन्धित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    bbbbbbbbbbbbbbyytttt.jpg

     

    एट्ली कुमारले निर्देशन फिल्मको टिजर केही दिनअघि मात्रै सार्वजनिक भएको थियो । निर्देशकले फिल्ममा अरु पनि दक्षिण भारतीय कलाकारलाई लिन लागेको समाचारमा उल्लेख छ ।

     

    फिल्मको अधिकांश सुटिङ सकिएको छ भने केहीको अझै पनि जारी छ । २ सय करोडको लगानीमा बनेको फिल्ममा शाहरुख खान र दक्षिण भारतीय अभिनेत्री नयनतारा मुख्य भूमिकामा रहेका छन् ।

     

    शाहरुख खान फिल्म ‘जवान’सँगै ‘पठान’ र ‘डंकी’ जस्ता फिल्महरूमा पनि काम गरिरहेका छन् । उनी सलमान खानको फिल्म ‘टाइगर ३’ र रणबीर कपूरको फिल्म ‘बह्मास्त्र’ मा अतिथि भूमिकामा देखिँदैछन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend