‘भारतले पुटिनको आलोचना गर्नुपर्छ, हतियार अमेरिकाबाट खरिद गर्नुपर्छ’

images
  • 156
    SHARES
  • चैत्र १४, २०७८ सोमबार
    ‘भारतले पुटिनको आलोचना गर्नुपर्छ, हतियार अमेरिकाबाट खरिद गर्नुपर्छ’
    images

    वासिङ्टन। अमेरिकाका एक प्रभावशाली सांसदले भारतले रुसको आलोचना गर्नुपर्ने जिकिर गरेका छन्।

    modibiden.png

    भारतीय मूलका अमेरिकी सांसद रो खन्नाले अमेरिका भारतको साथमा सँधै रहेकाले भारतले रुसी राष्ट्रपति भ्लादमिर पुटिनको आलोचना गर्नुपर्ने बताएका हुन्।

    सिलिकन भ्यालीको नेतृत्व गर्ने डेमोक्रेटिक सांसद खन्नाका अनुसार रुस र युक्रेनबीच जारी द्वन्द्वमा भारतको मौनाताले उ रुसको पक्षमा रहेको स्पष्ट देखिन्छ तर त्यो ठिक छैन।

    ‘म भारतबारे प्रस्ट छु कि भारतले पुटिनको आलोचना गर्नुपर्छ। भारतले चीन र रुसबाट तेल आयात गर्न छाड्नु पनि पर्छ। हामीले रुसलाई एक्ल्याउने र्याली निकाल्नुपर्छ’ फक्स न्युजसँग खन्नाले भने।

    उनका अनुसार भारतले युक्रेनमा भएको रुसी आक्रमणको निन्दा गरेर आफू कसको पक्षमा रहने भन्ने निर्णय गर्नुपर्छ

    उनले भारतलाई दुःख पर्दा अमेरिका जहिल्यै भारतको साथमा भएको पनि स्मरण गराए। सो समयमा रुस र चीन कहिल्यै भारतको साथमा नरहेको पनि उनको भनाइ छ।

    उनी भन्छन्,‘जब चीनले भारतीय सीमा अतिक्रमण गरेको थियो त्यसबेला अमेरिका भारतको साथमा थियो। तर पुटिन भारतको साथमा थिएनन्। त्यसैले अब भारतले अमेरिकाबाट हतियार किन्नुपर्छ रुसबाट होइन। हामीले भारतलाई सहज बनाउन हरसम्भव प्रयास गर्दछौं। चीनको आक्रामकताविरुद्ध पनि हामीलाई भारतको साथ चाहिन्छ।’

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend