चिनियाँ नेता लिउले दाहालसँग भने- 'नेपालका दलहरूले आफ्नो निर्णय आफैं गरून्'

images
  • 134
    SHARES
  • आषाढ २७, २०७९ सोमबार
    चिनियाँ नेता लिउले दाहालसँग भने- 'नेपालका दलहरूले आफ्नो निर्णय आफैं गरून्'
    images

    काठमाडौँ 

    नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ चियानछाओ र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । दाहाललाई भेट्न चिनियाँ नेता लिउ सोमबार साँझ खुमलटार पुगेका थिए।

    bbbbbnn.jfif

    यस क्रममा नेता लिउले नेपाललाई प्रयोग गरी बाहिरबाट चिनविरोधी गतिविधि नहोस् भन्नेमा आफूहरूको चासो रहेको रहेको बताएका थिए ।
     
     
     

    माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठका अनुसार नेता लिउसँगको भेटको क्रममा लिउले नेपालका दलहरू आफ्नो निर्णय आफैं लिनसक्ने क्षमता विकास गरुन् भन्ने चाहना राखेको पनि बताएका थिए ।

    'नेपालका कुनै पनि दलहरूले आफ्नो बारेमा आफैं फैसला गर्ने क्षमताको विकास गर्नुपर्छ भनेर उहाँले आफ्नो विचार व्यक्त गर्नुभयो । तर हामीलाई उहाँले यसो गर्नुपर्छ भनेर हस्तक्षेप नगर्ने चीनको नीति रहेको बताउनुभयो,' भेटपछि चिनियाँ नेतालाई उद्धृत गर्दै माओवादी उपाध्यक्ष श्रेष्ठले बताए ।

    माओवादी अध्यक्ष दाहालले भने नेपालमा चीनविरोधी कुनै पनि गतिविधि गर्न नदिने कुरामा आफ्नो पार्टी र सिंगो देश प्रतिवद्ध रहेको प्रतिक्रिया दिएका थिए । साथै उनले आफ्नो पार्टी र सिंगो देश नै 'एक चीन' नीतिप्रति प्रतिवद्ध रहेको बताएका थिए ।

     
     

    नेपाल एक असल छिमेकी देश भएको र नेपालले कुनै पनि देशसँग सम्बन्ध राख्ने कुरामा आफूहरूले सहयोग गर्ने लिउको भनाइ रहेको पनि नेता श्रेष्ठले जानकारी दिए । साथै चीनले अहिलेसम्म गरेको सहयोगमा नेता दाहालले धन्यवाद व्यक्त गरेको पनि नेता श्रेष्ठले जानकारी दिए ।

    नेता लिउले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासहितका उच्च अधिकारीहरूसँग भेट गरिसकेका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend