कांग्रेस केन्द्रीय समिति बैठक मंगलबार पनि

images
  • 111
    SHARES
  • आषाढ २७, २०७९ सोमबार
    कांग्रेस केन्द्रीय समिति बैठक मंगलबार पनि
    images

    काठमाडौँ 

    नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको मंगलबार पनि बस्ने भएको छ । स्थानीय तहको निर्वाचनको परिणाम र चुनावी गठबन्धनबारे समीक्षा गर्न बोलाएको बैठकमा सोमबार उपसभापति पूर्णबहादुर खड्काले केन्द्रीय निर्वाचन परिचालन समितिको प्रतिवेदन पेश गरेका छन् भने महामन्त्री गगन थापाले बैठकका औपचारिक प्रस्तावहरू राखेका छन् ।

    ggggggg.jpg

    त्यस्तै, प्रवक्ता प्रकाशसरण महतले निर्वाचनमा प्रचार प्रसार समितिकोतर्फबाट प्रतिवेदन पेश गरेका छन् । त्यससँगै नेताहरूले धारणा राख्ने क्रम सुरू भएको छ ।

     
    अर्को बैठक मंगलबार दिउँसो १ बजे बस्ने गरी सोमबारको बैठक स्थगित भएको केन्द्रीय सदस्य प्रकाश स्नेहीले जानकारी दिए ।

    सोमबारको बैठकमा केन्द्रीय सदस्यहरू शेखर कोइराला, प्रदीप पौडेल, देवेन्द्रराज कँडेल, डिला संग्रौला, कृष्णकिशोर घिमिरे, नारायणबहादुर कार्की, तारामान गुरुङ, दिनेशकुमार यादव, नैनसिंह महर, गुरु बराल र दिनेश कोइरालाले धारणा राखेका छन् ।

    बैठकमा प्रदेश सभापतिहरूले आ–आफ्नो प्रदेशको चुनावी समीक्षा प्रस्तुत गरेका थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend