पहिरोले मन्थली-खिम्ती सडक अवरुद्ध

images
  • 171
    SHARES
  • आषाढ २७, २०७९ सोमबार
    पहिरोले मन्थली-खिम्ती सडक अवरुद्ध
    images

    रामेछाप 

    vvvvttyui.jpg लगातारको वर्षासँगै खसेको पहिरोका कारण सोमबार साँझदेखि मन्थली-खिम्ती सडकखण्ड अवरुद्ध भएको छ ।

     

    मन्थली नगरपालिका २ बान्द्रेमा आइतबार पनि पहिरो झरेको थियो । सोमबार पनि सोही स्थानमा पहिरो थपिएपछि सडक अवरद्ध भएको हो । सडक माथिबाट पहिरो बग्ने क्रम नरोकिएकाले पन्छाएर तत्कालै आवागमन खुलाउन कठिन रहेको बताइएको छ ।

     
    जोखिमका बावजुद आइतबार मन्थली नगरपालिकाले पहिरो सफा गरेर साँझ अवेर आवागमन खुलाएको थियो । सोमबार फेरि पहिरो खस्दा सडक अवरद्ध बनेको हो । तिल्पुङ छहरा नजिकै गत वर्ष झरेकै स्थानमा सोमबार पहिरो गएको पूर्ववडा अध्यक्ष सुवास बोहोराले बताए ।

    उक्त स्थानमा खिम्ती –ढल्केबर २२० केभी प्रशारण लाइनको पोल रहेको छ । पहिरोले उक्त पोल जोखिममा परेको उनले बताए । प्रशारण लाइनबाट हाल माथिल्लो तामाकोसी जलविद्युत आयोजना लगायतको उत्पादन ढल्केबर सब–स्टेशनमा पठाउने गरिएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend