एनआरएन र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता

images
  • 110
    SHARES
  • आषाढ २८, २०७९ मंगलबार
    एनआरएन र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता
    images

    काठमाडाैँ 

    गैरआवासीय नेपाली संघ (एनआरएनए) को एक प्रतिनिधिमण्डलले पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेको छ। ccccccccghj.jpg

     

    प्रचण्ड निवास खुमलटारमा भेटवार्ता भएको एनआरएनएले जनाएको छ । प्रतिनिधिमण्डलका पदाधिकारीहरूले सरकारले प्रतिनिधि सभामा पेश गर्न लागेको नागरिकता विधेयक बारे छलफल गरेको थियो । उक्त अवसरमा संघका कार्यकारी अध्यक्ष कुल आचार्य, अध्यक्ष डा. बद्रि केसी, संस्थापक अध्यक्ष डा उपेन्द्र महतो लगायतका पदाधिकारीहरूले विधेयक ल्याउनको लागि सहयोग गरेकोमा प्रचण्ड र माओवादी पार्टीलाई धन्यवादसमेत दिएका थिए । 

     

    विधेयक अन्तिम चरणमा आइसकेकोले यसलाई पारित गराई विश्वमा रहेका सबै गैरआवासीय नेपालीहरूको भावनालाई सम्बोधन गर्न भेटमा उनीहरूले आग्रह गरेका थिए । जवाफमा प्रचण्डले संविधानमा गैरआवासीय नेपाली नागरिकताको लागि जुन व्यवस्था गरिएको छ त्यही अनुरूप विधेयक आउने विश्वास व्यक्त गरेका थिए । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend