पाँच महिनाकी गर्भवती महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

images
  • 171
    SHARES
  • आषाढ २८, २०७९ मंगलबार
    पाँच महिनाकी गर्भवती महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
    images

    वीरगञ्ज  ।

    पाँच महिनाकी गर्भवती महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पर्साबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ परेका २० वर्षीय युवकले पाँच महिनाकी गर्भवती रहेकी २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोप छ।

    pakrau_20210128114110.jpg

    पीडित महिलाका पति रोजगारीको सिलसिलामा भारतमा रहेको तथा घरमा कोही नभएको मौका छोपी युवकले ती महिलालाई गत असार १६ गते साँझ उनकै सुत्ने कोठामा प्रवेश गरी जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।

     

    प्रहरीका अनुसार पीडित महिलाका भतिज नाता पर्ने ती युवकले महिलाको सलले मुख थुनी जबरजस्ती करणी गरिरहेको बेला पीडितको १० वर्षीय छोरा आइ हो–हल्ला गर्दा युवक फरार भएका थिए।

     

    घटनाको बारेमा महिलाले आफ्ना पतिलाई जानकारी गराएपछि उनका पतिले आरोपित युवकविरुद्ध दिएको जाहेरीको आधारमा पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिए।

    पक्राउ परेका उनलाई जबरजस्ती करणी मुद्दामा अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको खनालले बताए।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend