जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको मङ्गलबार अन्त्येष्टि

images
  • 132
    SHARES
  • आषाढ २८, २०७९ मंगलबार
    जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको मङ्गलबार अन्त्येष्टि
    images

    एजेन्सी । 

    जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको मङ्गलबार अन्त्येष्टि गरिएको छ । आबेको शुक्रबार चुनावी सभामा भाषण गरिरहेका बेला एक व्यक्तिले गोली प्रहार गरेर हत्या भएको थियो । गोली प्रहार गरेको व्यक्तिलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । ४१ वर्षका ती व्यक्तिले घरेलु बन्दुक प्रयोग गरेको पाइएको छ । 

    np_file_170274_GIvXOS5MvO_20220712205210.jpeg

     

    टोकियो टावरमा रहेको जोजोजी मन्दीरमा उनको अन्त्येष्टि गरिएको हो । अन्त्येष्टिका क्रममा उनकी श्रीमती अकी, जापानका प्रधानमन्त्री फुमियो किशिदा, केही सांसदहरू र विदेशी प्रतिनिधि तथा व्यवसायीक अगुवालगायत सहभागी थिए ।  

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend