देवघाट तनहुँ:असार २८ गते करिस्मा गुरुङ
तनहुँको देवघाट गाउँपालिकामा अव्यवस्थित बसोबासहरुका लागि निस्सा वितरण कार्यक्रम निरन्तर भैरहेको छ ।

आज देवघाट गाउँपालिका वडा ५ मा रहेको ७ वटा टोल विकास संस्थाहरुमा ३सय ४७ जनालाई निस्सा वितरण गरिएको छ । जस् अन्तर्गत भर्जन कालिका , कमलादेवी , तालवारी झारखानी , बद्रीमुक्ती , गणेश , एकता र विष्णुशैया टोल बिकास संस्थामा निस्सा वितरण गरिएको गाउँपालिका स्तरिय सहजीकरण समितिका सदस्य अर्जुन अधिकारी जानकारी दिनुभयो।भोलि वडा नम्बर ४ मा पर्सि २ र ३ वडामा निस्सा वितरण गरिनेछ समेत बताउनुभयो।

सो कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भुवन सिं गुरूङ, ५ वडा अध्यक्ष पुर्ण बहादुर कुँवर,गाउँपालिका, ५ वडा सदस्य बुद्धि बहादुर पाण्डे,याम बहादुर मगर,कमला गुरुङ,सरस्वती परियार, देवघाट गाउँपालिका स्तरिय खेलकुद समिति सदस्य प्रशन्न ढकाल,देवघाट गाउँपालिका वाइसीएलका इन्चार्ज दुर्गालाल गुरुङ लगाएको उपस्थिति रहेको थियो ।







