भृकुटीमण्डपमा आगलागी हुँदा करोडौंको क्षति भएको दाबी

images
  • 143
    SHARES
  • आषाढ २९, २०७९ बुधबार
    भृकुटीमण्डपमा आगलागी हुँदा करोडौंको क्षति भएको दाबी
    images

    काठमाडौँ 

    भृकुटीमण्डपमा बुधबार आगलागी हुँदा करोडौंको क्षति भएको प्रारम्भिक विवरण आएको प्रहरी जानकारी दिएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्ष सन्तोष सिंह राठौरका अनुसार आगलागीबाट ३० करोड बराबरको सामग्री जलेर नष्ट भएको दाबी गरिएको छ ।

    dddddd.jpg

    समाज कल्याण परिषद् र आपांग संघको गोदाममा आगलागी हुँदा उक्त क्षति भएको हुनसक्ने एसपी राठौरले इकान्तिपुरलाई जानकारी दिए ।

     
    उनका अनुसार गोदाममा राखिएका ह्वीलचेयरहरु, कृत्रिम खुट्टा तथा हातहरु जलेका छन् । अफिसका सामग्री तथा कागाजतहरु पनि जलेर नष्ट भएको उनले बताए । आगलागी के कारणले भएको हो भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    ‘उक्त टहरामा लैनचौरस्थित पुरानो कार्यालयबाट बाहिर निस्केपछि अन्य स्थानमा राख्ने ठाउँ नभई थन्काइएका सामग्रीहरु राखिएको थियो,’ समाज कल्याण परिषद्का सदस्य–सचिव मनोज भट्टले भने ।

    अघिल्लो सरकारले लैनचौरस्थित समाज कल्याण परिषद्को कार्यालय उपराष्ट्रपतिको निवास बनाएपछि परिषद्को पुल्चोकस्थित एउटा सानो घरमा भाडामा बस्दै आएको छ ।

     
    कार्यालय सानो भएका कारण लैनचौरबाट ल्याएका फर्निचरलगायत अन्य सामग्रीहरु त्यहि भृकुटीमण्डपस्थित कार्यालयमा राखिएको थियो ।

    सदस्य–सचिव भट्टले आगोलागिको क्षति आंकलन बारे अध्ययन गर्न कार्यालय प्रमुख शम्भुजंग राणाको नेतृत्वमा टोली गठन गरिएको जानकारी दिए । भट्टले लैनचौरदेखि ल्याएका सामग्रीहरु, ह्विल चेयरहरु र अन्य कागजपत्रहरु पनि उक्त टहरामा रहेको बताए । उनले केहि पुराना गाडीहरु पनि त्यहाँ रहेको जानकारी दिए ।

    ‘केहि दिन अघिमात्र त्यहाँ के–के सामग्रीहरु छन् भनेर सूची तयार गरिएको थियो । पुरानो सूची र भोलि मुचुल्का उठाएपछि आउने नयाँ सूचि हेरेपछि क्षतिको यकिन हुनेछ,’ उनले भने ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend