देवघाट तनहुँ:असार २९
तनहुँको देवघाट गाउँपालिका ५ वडा स्थित चम्कादेवी टोल बिकास संस्था बगन्दीमा आज अव्यवस्थित बसोबासहरुका लागि निस्सा वितरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष पुर्ण बहादुर कुँवरले कार्यक्रमलाई सम्बोधन गर्दै वडा नम्बर ५ भित्र रहेका भूमिहीन दलित भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण पछि अव्यवस्थित बसोबासहरुको लागी निस्सा वितरण कार्यक्रम विभिन्न टोल बिकास संस्थाहरु पुगी सुरु भइ रहेको बताउनुभयो।

साथै अध्यक्ष कुँवरले देवघाट गाउँपालिका ५ टोल बिकास संस्थाहरुमा क्रमिक रुपमा निस्सा वितरण गर्ने बताउदै धैर्य गर्न सम्पुर्ण जनसमुदायहरुलाई आग्रह समेत गर्नुभएको छ। कार्यक्रममा देवघाट ५ नम्बर वडा सदस्य याम बहादुर मगर र कमल गुरुङ लगाएतको उपस्थिति रहेकोे थियो।





