नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनको राजनीतिलाई स्थिर बनाउन आवश्यक रहेको बताएका छन ।

भन्सार युवा परिवारद्वारा आयोजित भानुकप फुटबल प्रतियोगिताको बुधबार समापन कार्यक्रममा बोल्दै कांग्रेसका वरिष्ठ नेता पौडेलले सो कुरा बताएका हुन । अहिलेको परिस्थितिलाई मध्यनजर गरी गठबन्धनको सरकार बनेको स्मरण गर्दै कांग्रेस नेता पौडेलले यसलाई आगामी निर्वाचनसम्म कायम राख्नुपर्ने बताए । देशभित्र भएको विकृति र विसंगतिको अन्त्य गर्न गठबन्धनको सरकार बनाउनु परेको पौडेलले बताए । देशमा सुशासन र विकासका लागि पनि यो सरकारलाई आगामी निर्वाचनसम्म कायम राख्नुपर्नेमा पौडेलको जोड थियो । कम्युनिष्टहरुको दवदबा र अधिनायकवादको अन्त्य गर्न पनि गठबन्धनको सरकार सफल भएको दावी उनको छ । तनहुँ जिल्लालाई विकासमा नमुना बनाउने उनले बताए । जिल्लाको विकासमा काचुली फेरिदै छ पौडेलले भने । चुदी रम्घालाई साहित्यिक स्थलको रुपमा विकास गर्नुपर्ने भनाइ पौडेलको थियो । भन्सार रंगशालामा दर्शकहरुले आगामी वर्ष छाता ओढेर होइन प्याराफिटबाट फुटबल हेर्न पाउने दावी पौडेलले गरे । भन्सार रंगशालालाई क्षेत्रीय रंगशालाको रुपमा विकास गर्न छिटै प्राावधिक पठाएर प्रक्रिया अगाडि बढाउने उनले बताए ।



