देवघाट ४ नम्बर वडामा अव्यवस्थित बसोबासहरुका लागी निस्सा वितरण

images
  • 314
    SHARES
  • आषाढ २९, २०७९ बुधबार
    देवघाट ४ नम्बर वडामा अव्यवस्थित बसोबासहरुका लागी निस्सा वितरण
    images
    देवघाट तनहुँ:असार २९ गते
     
    तनहुँको देवघाट गाउँपालिका ४ वडा कार्यालयको आयोजनामा अव्यवस्थित बसोबासहरुका लागि आज एक कार्यक्रम बीच निस्सा वितरण कार्यक्रम सम्पन्न भएको छ ।
     
    sssssssssssssssssssssssssssssss.jpg
    कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिका उपाध्यक्ष भुवन सिं गुरुङले देवघाट गाउँपालिका वडाहरुमा क्रमिक रुपमा भूमिहीन दलित भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण पछि अव्यवस्थित बसोबासहरुको लागी निस्सा वितरण कार्यक्रम अगाडी बढी रहेको बताउनुभयो।साथै उपाध्यक्ष गुरुङले देवघाट गाउँपालिका ५ वटा वडाहरुमा क्रमिक रुपमा निस्सा वितरण गर्ने बताउदै सम्पुर्णमा धैर्य गर्न आग्रह समेत गर्नुभएको छ।
    f.jpg
     
    उपाध्यक्ष गुरुङले देवघाट गाउँपालिकाको जनसमुदायको मनोभावनालाई बुझेर दिगो रुपमा बिकासका कार्यहरू अगाडी बढाउने समेत बताउनुभयो।
    vb.jpg
     
    सो कार्यक्रममा देवघाट गाउँपालिका स्तरीय सहजीकरण समितिका सदस्य अर्जुन अधिकारीले देवघाट गाउँपालिकाका ५ वटा वडामा निस्सा वितरण पछि नापनक्साको काम अगाडी बढाई छिट्टै पुर्जा वितरण कार्यक्रम समेत हुने बताउनुभयो।साथै अधिकारीले भोलि बिहान ९ बजे ३ नम्बर वडा कार्यालयमा र दिउँसो २ बजे २ नम्बर वडा कार्यालयमा निस्सा वितरण कार्यक्रम रहने हुँदा उपस्थितिको लागी अनुरोध समेत गर्नुभयो।
    vb.jpg
     
    कार्यक्रममा देवघाट ५ वडा अध्यक्ष पुर्ण बहादुर कुँवर,देवघाट ४ वडा अध्यक्ष मित्रलाल गुरुङ,५ वडा सदस्य याम बहादुर मगर,४ वडा सदस्य सुक बहादुर थापा,बुद्धिमान भुजेल,सपना सुनार,पुनुमाया गुरुङ,देवघाट नेपाली काङ्ग्रेसका पुर्व सभापति प्रेम बहादुर गुरुङ,४ वडाका पुर्व अध्यक्ष पदम गुरुङ,देवघाट तरुण दलका अध्यक्ष बल बहादुर क्षेत्री,देवघाट युवा तथा खेलकुद समिती सदस्य सुर्य बहादुर घर्ती,प्रशन्न ढकाल,देवघाट गाउँपालिका कार्यक्रम शाखा अधिकृत कृष्णराज पन्त, लगाएतको उपस्थितिमा रहेको थियो।
    w.jpg
     
    c.jpg

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend