देउवालेले पार्टीमा एकताको वातावरण बनाउन सकेनन्ः अर्जुननरसिंह केसी

images
  • 121
    SHARES
  • आषाढ ३०, २०७९ बिहीबार
    देउवालेले पार्टीमा एकताको वातावरण बनाउन सकेनन्ः अर्जुननरसिंह केसी
    images

    काठमाडौँ 

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सभापति शेरबहादुर देउवाले पार्टीमा एकताको वातावरण बनाउन नसकेको आरोप लगाएका छन्।

    tttttttttttttttttttttttttttttttttttttttttttt.jpg

     

    जारी केन्द्रीय कमिटीको बुधबारको बैठकमा पूर्वमन्त्रीसमेत रहेका केसीले ११ बुँदे असन्तुष्टिसहित सुझाव पेस गरेका छन्। देशभित्रको विविध विषयमा प्रधानमन्त्री समेत रहेका पार्टी सभापति देउवाको ध्यानाकर्षण गराएका छन्।

     

    गत मंसिरमा सम्पन्न पार्टीको १४औँ महाधिवेशनबाट नेताहरुको व्यवस्थापन भएपनि नीति महाधिवेशन गर्न नसक्नु वा नचाहनु, केन्द्रीय विभाग गठन र भातृसंस्थाहरूको अधिवेशन गरी पार्टीलाई पूर्णता दिन नसक्नुले नेतृत्वको योग्यता पुष्टि नहुने भन्दै असन्तुष्टि जनाएका छन्। पार्टीभित्रै नेतृत्वले नेता कार्यकर्तामाथि तिरस्कार गरेको भन्दै आपत्ति जनाएका छन्।

     

    ‘पार्टीभित्रको एक पक्षलाई उपेक्षा र तिरस्कार गरेर गठबन्धनका नाममा एकपक्षीय हितको सोच र स्वार्थले आजको चुनौती सामना गर्न र मुलुक, लोकतन्त्र र कांग्रेसको समग्र हित हुन सक्दैन भन्नेबारे सचेत हुन आवश्यक छ,’ केसीले लिखित धारणा राख्दै भनेका छन्।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend