रेणु यादवले दिइन् जसपाबाट राजीनामा, कुनै पदमा नरहने घोषणा

images
  • 120
    SHARES
  • आषाढ ३०, २०७९ बिहीबार
    रेणु यादवले दिइन् जसपाबाट राजीनामा, कुनै पदमा नरहने घोषणा
    images

    काठमाडौं 

    जनता समाजवादी पार्टीकी केन्द्रीय सदस्य एवम सांसद रेणु कुमारी यादवले पार्टी परित्याग गरेकी छिन् । उनले बिहीबार पार्टी अध्यक्षलाई राजीनामा पत्र बुझाउँदै पार्टीको कुनै पनि जिम्मेवारीमा नबस्ने घोषणा गरेकी हुन् ।

    hhhhhhhhhhhhhhhhhhhhhhh.jpg

     

    यादवले राजीनामा पत्रमा ‘व्यक्तिगत कारणले गर्दा पदीय जिम्मेवारीमा रहेर काम गर्ने सक्ने अवस्था नरहेको’ उल्लेख गरेकी छिन् ।‘वर्तमान अवस्थामा मेरो व्यक्तिगत कारणले गर्दा पदीय जिम्मेवारीमा रहेर काम गर्ने सक्ने अवस्था नरहेको हुनाले मैले यस जनता समाजवादी पार्टी (जसपा) नेपालसँगको पदीय जिम्मेवारीबाट अलग हुने निर्णयमा पुगेको छु,’ उनले भनेकी छिन्, ‘तसर्थ आजकै मितिदेखि लागु हुने गरी पार्टीले मलाई दिएको पार्टीको सम्पूर्ण पदीय जिम्मेवारीहरू त्याग गरेको व्यहोरा यहाँलाइ जानकारी गराउँदछु।’

     

    यादव यसअघि जसपाबाट भौतिक पूर्वाधार मन्त्री थिइन्। पार्टीले नयाँ मन्त्री पठाएपछि उनी असन्तुष्ट बनेकी थिइन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend