सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिह्न प्रदान

images
  • 120
    SHARES
  • आषाढ ३०, २०७९ बिहीबार
    सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिह्न प्रदान
    images

    काठमाडौँ 

     सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पदोन्नति भएका ६ जना प्राविधिक सशस्त्र प्रहरी नायब उपरीक्षकलाई दज्र्यानी चिह्न प्रदान गरेका छन्।

    llllllllllllllllllllll.jpg

     

    सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा बिहीबार आयोजित एक समारोहबीच उनले पदोन्नति भएका अधिकृतलाई हार्दिक बधाई तथा कार्य सफलताको शुभकामना दिँदै खाली रहेका विभिन्न पदमा तत्काल बढुवा गर्ने गरी कार्य भइरहेको बताए।

     

    उनले पदोन्नतिसँगै प्राप्त भएको दर्जाअनुरुप आ–आफ्नो जिम्मेवारी र ट्रेड अनुसारको कार्यसम्पादनमा आर्थिक अनुशासनमा रहँदै पूर्ण व्यावसायिक भई जिम्मेवारी निर्वाहमा लाग्न अधिकृतहरूलाई निर्देशन दिए।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend