देवघाट तनहुँ : असार ३० करिस्मा गुरुङ
तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित महेश संन्यास आश्रममा भैरहेको पाचौं गुरूस्मृति महोत्सव समापन भएको छ ।

डा. स्वामी रामानन्दगिरिको पाँचौँ स्मृति दिवसको आज अन्तिम दिन बिहान गुरू स्मृतिसभा र सन्तपुजन एवं गुरु भण्डारा गरि विशेष कार्यक्रमका साथ सम्पन्न भएको छ । आश्रमका संस्थापक अध्यक्ष सन्तशिरोमणि डा. स्वामी रामानन्दगिरिजी महाराजको पाँचौँ स्मृतिदिवस एवम् गुरुपूर्णिमाका अवसरमा आयोजित कार्यक्रममा गुरुकुल एवं आश्रमका संरक्षक मधुसूदनानन्द गिरिले गुरूस्मृतिसभामा विषयमा प्रष्ट पार्नु भएको थियोे।भने महेश संस्कृत गुरुकुल विद्यापीठका पूर्वप्राचार्य सहप्राध्यापक डा. गुरुप्रसाद सुवेदीले गुरूस्मृति सभा विषयमा विवेचन गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि गलेश्वर आश्रमका महामण्डेश्वर अनन्त श्री विभूषित स्वामी आत्मानन्द गिरिजी महाराजले महोत्सवको अन्तिम दिन विशेष गुरूस्मृतिसभा र सन्तपूजन एवं गुरु भण्डारासँगै गुरुकुल आश्रमका सहयोगी दाताहरूलाई सम्मान गरेका थिए ।

सो सम्मान हेटौंडा निवासी बुद्धिकुमारी विडारी एवं समस्त विडारी परिवारका तर्फबाट रामानन्द अनुसन्धान केन्द्रका कार्यालय सञ्चालनार्थ निर्मित भवनका लागि थप पाँचलाख नगद हस्तान्तरण गरिएकोमा सम्मान गरेको थियो। त्यो सँगै आज शास्त्र कण्ठस्थ गर्ने गुरुकुलका १५जना प्रतिभाशाली छात्रहरुलाई रामानन्द प्रज्ञा पुरस्कार २०७९ द्वारा सम्मान गरिएको थियोे ।

महेश संन्यास आश्रमको सभाहलमा आयोजित कार्यक्रमको सञ्चालन महेश संस्कृत गुरुकुलका प्रधानाचार्य उपप्रा. फणीन्द्रप्रसाद पौडेलले गर्नुभएको थियो । दुई दिने गुरुपूर्णिमा तथा पञ्चम गुरुस्मृति कार्यक्रमको दोस्रो दिन आज हेटौडा,दमौली,भैरहवा,काठमाण्डौ, गैडाकोट, चितवन, तनहुँ लगायतका क्षेत्रबाट आएका भक्तहरु र देवघाट क्षेत्रमा अवस्थित गुरुकुल आश्रमका वटुक,सन्तमाहात्मा एवम् स्थानीयवासीहरु गरी करिब १३ सय भन्दा बढिले प्रसाद ग्रहण गरेका थिए ।

कार्यक्रममा १००८ स्वामी ज्ञानानन्द सरस्वती, १००८ स्वामी कृष्णनन्द सरस्वती, १००८ स्वामी हरिहरानन्द सरस्वती, १००८ स्वामी स्वरूपानन्द सरस्वती, देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापा, देवघाट गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष पूर्ण बहादुर कुँवर लगाएत उपस्थिति रहेको थियोे भने कार्यक्रम १००८ स्वामी रमणानन्द गिरिजी महाराजको अध्यक्षतामा गुरूस्मृतिसभा र गुरुभण्डारासहित औपचारिक कार्यक्रम भएर समापन भएको थियोे ।



