देवघाट २ नम्बर वडामा १ सय ५९ जनालाई निस्सा वितरण

images
  • 150
    SHARES
  • आषाढ ३०, २०७९ बिहीबार
    देवघाट २ नम्बर वडामा १ सय ५९ जनालाई निस्सा वितरण
    images

    देवघाट तनहुँ:असार ३० गते आशिक राना

    तनहुँको देवघाट गाउँपालिका २ नम्बर वडा कार्यालयको आयोजनामा अव्यवस्थित बसोबासहरुका लागि निस्सा वितरण कार्यक्रम आज एक कार्यक्रम बीच सम्पन्न भएको छ।

    qq.jpg

    सो निस्सा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि देवघाट गाउँपालिका उपाध्यक्ष भुवन सिं गुरुङले देवघाट गाउँपालिका वडा नम्बर ५ भित्र रहेका भूमिहीन दलित भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण पछि अव्यवस्थित बसोबासहरुको लागी निस्सा वितरण गरेको बताउनुभयो।साथै उपाध्यक्ष गुरुङले देवघाट गाउँपालिकाको समग्र बिकासको निम्ति जनसमुदायको मनोभावनालाई बुझेर दिगो रुपमा बिकासका कार्यहरू अगाडी बढाउने बताउनुभयो।

    y.jpg

    कार्यक्रममा राष्ट्रिय भुमि आयोग देवघाट गाउँपालिका स्तरीय सहजीकरण समितिका सदस्य अर्जुन अधिकारीले देवघाट गाउँपालिकाका ५ वटा वडामा निस्सा वितरण कार्यक्रम पछि नापनक्साको काम अगाडी बढाई छिट्टै पुर्जा वितरण कार्यक्रम समेत हुने बताउनुभयो।

    h.jpg

    साथै अधिकारीले यहीँ २०७९ साल असार ३२ गते १नम्बर वडा कार्यालयको निस्सा वितरण कार्यक्रम पार्वती मा.विको प्राङ्गणमा रहने हुँदा उपस्थितिको लागी अनुरोध समेत गर्नुभयो छ। देवघाट गाउँपालिका कार्यपालिका सदस्य बालकुमारी परियार,हुमिमाया खाँण,२ नम्बर वडा सदस्य युवराज थापामगर,पोल बहादुर थापामगर,५ नम्बर वडा सदस्य याम बहादुर मगर,प्रशन्न ढकाल देवघाट युवा तथा खेलकुद समितिका सदस्य बल बहादुर क्षेत्री,सुर्य बहादुर घर्ती,छिपछिपे सुन्तला बारी होमस्टेका अध्यक्ष रबिन्द्र गुरुङ लगाएको उपस्थिति रहेको भने देवघाट २ नम्बर वडा अध्यक्ष मिन बहादुर रानामगर अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    ccccc.jpgffffffffffffff.jpgk.jpghhh.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend