स्रोत नखुलेको नेपाली रुपैयाँसहित भारतीय नागरिक पक्राउ

images
  • 98
    SHARES
  • आषाढ ३०, २०७९ बिहीबार
    स्रोत नखुलेको नेपाली रुपैयाँसहित भारतीय नागरिक पक्राउ
    images

    जनकपुरधाम 

    सर्लाहीबाट स्रोत नखुलेको नेपाली रकमसहित भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको बिहार राज्य सीतामढी जिल्ला थाना कन्हौली ग्राम पञ्चायत रामनगरा–११ का ३० वर्षीय विजय ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

    vvvv.jpeg

     

    बिहीबार मध्याह्न ३ बजे मलंगवा नगरपालिका–८ गोरखकालीस्थित खटेको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा भारतको सोनवर्षा तर्फबाट नेपालको मलंगवा बजार आउँदै गरेको भारतीय नम्बर प्लेटको गाडीलाई रोकी चेकजाँच गर्दा ठाकुरले लगाएको हेलमेटभित्रबाट ५ लाख ११ हजार ५ सय नेपाली रुपैयाँ र ५ हजार भारतीय रुपैयाँ बरामद गरेको हो।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend