देवघाट तनहुँ : असार ३० अञ्जली बोटे
तनहुँको देवघाट गाँउपालिकाका वडा नम्बर ५ स्थित कालिका सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा आज एक कार्यक्रम बीच देवघाट गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान एंव अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापाले देवघाट गाउँपालिकाको समग्र बिकासको निम्ति सवै संघ संस्थाहरु संग समन्वय गरी जनताको हकहितमा काम गर्ने बताउनुभयो।

कार्यक्रममा कालिका सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष कृष्णराज न्यौपानेले सल्लाहकार शिवराज ढकाललाई फुलमाला र डायरी हस्तान्तरण गरेर सम्मान गर्नुभयो । उक्त कार्यक्रममा देवघाट ५ नम्बर वडाका अध्यक्ष पुर्ण बहादुर कुँवर, देवघाट गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य बुद्धिबहादुर पाण्डे, देवघाट गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य कमला गुरुङलाई सम्मान गरिएको थियोे ।

कार्यक्रममा सव डिभिजन वन कार्यालयक प्रमुख नवराज घिमिरे लगाएतको उपस्थिति रहेको थियो भने उपभोक्ता समुह समितिका अध्यक्ष कृष्णराज न्यौपानेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियोे ।





