जुम्लामा जलविद्युत् आयोजनाको पावर हाउस पुरिँदा एकै घरका तीन जनाको ज्यान गयो

images
  • 135
    SHARES
  • आषाढ ३१, २०७९ शुक्रबार
    जुम्लामा जलविद्युत् आयोजनाको पावर हाउस पुरिँदा एकै घरका तीन जनाको ज्यान गयो
    images

    जुम्ला 

    जुम्लामा जलविद्युत् आयोजनाको पावर हाउस पुरिँदा एकै घरका तीन जनाको ज्यान गएको छ ।

    Jumla__pahiro_netra_photo_Lys1TlR5Xd.jpg

    हिमा गाउँपालिका-१ आचार्य लिहीमा रहेको भित्री खोला लघुजलविद्युतको पावर हाउस पहिरोले पुर्दा त्यहाँ काम गर्ने अपरेटर गोरखबहादुर रावतकी श्रीमती र दुई छोराको ज्यान गएको हो ।

    रावतकी ३० वर्षीया श्रीमती विमला, ९ वर्षीय छोरा भरत र ८ वर्षीय छाेरा सूर्य रावतको घटनास्थलमा नै ज्यान गएको हो । प्रहरी चौकी बड्कीका प्रहरी नायब निरीक्षक रामप्रसाद चौलागाईँका अनुसार गएराति ११ बजे पावर हाउसको पानी ओभरलोड भएपछि पहिरो गएको थियो ।

    राति दुई बजे खबर आएपछि घटनास्थल पुगेको उहाँले बताउनुभयो । उहाँका अनुसार अपरेटर गोरखबहादुर रावत गाउँमा रहेकाले उहाँकी श्रीमती र दुई छोरा पावर हाउसमा सुतेका थिए । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend