रुकुम पश्चिमको आठबीसकोटमा चट्याङ लागेर एउटै घरका चार जना घाइते

images
  • 122
    SHARES
  • आषाढ ३१, २०७९ शुक्रबार
    रुकुम पश्चिमको आठबीसकोटमा चट्याङ लागेर एउटै घरका चार जना घाइते
    images

    रुकुम पश्चिम 

    रुकुम पश्चिमको आठबीसकोटमा चट्याङ लागेर एउटै घरका चार जना घाइते भएका छन् ।

    thunder_td5wl8hCzI.jpg

    आठबीसकोट नगरपालिका-१० घारीखोलाका गोपाल केसीको घरमा हिजो बेलुका चट्याङ लागेको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार चट्याङ लागेर उहाँकी ३२ वर्षीया श्रीमती खिमला, १२ वर्षीय छोरा लक्ष्मण, ६ वर्षीया छोरी पूजामाया र २ वर्षीय छोरा टेकविक्रम केसी घाइते भएका हुन् ।

    घाइते चारै जनाको आठबीसकोट नगर अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीे जानकारी दिएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend