बेपत्ता दुई बालकको शव भेटियो

images
  • 134
    SHARES
  • आषाढ ३१, २०७९ शुक्रबार
    बेपत्ता दुई बालकको शव भेटियो
    images

    काठमाडौँ 

     बागमती नदिमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको दुई बालकको शव फेला परेको छ। ज्ञानोदय ईगलिश बोर्डिङ स्कुलमा कक्षा ६ मा अध्ययनरत दुर्गा भगवती गाउँपालिका-३ मत्सरीका मनोज झाको १३ वर्षीय छोरा हर्ष झा र वडा नं २ भलोहियाका गोवरी दासको नाति वर्ष १३ को आदित्य दसको शव फेला परेको हो।

    Death_ODb9GUwRk3_20220320115349.jpg

     

    दुवै बालकसहित ६ जना बिहीबार बिहान करिब साढे ७ बजे  बागमती नदीमा नुहाउन गएका थिए। केही समयपछि अभिभावकहरु खोजतलास गर्दै जाँदा लुगा, पाठ्यपुस्तक, साइकल, चप्पल बागमती किनारबाट बरामद भएपछि  बिहीबार ११ बजेदेखि नै गाउँपालिका प्रमुखको सक्रियतामा खोजतलास सुरु गरिएको थियो।

    सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेनासहित स्थानीय बासिन्दाहरु निकै खोजतलास गरे पनि राति परेपछि खोजीकार्य रोकिएको थियो। शुक्रबार बिहानैदेखि पुन: खोजीकार्य जारी गरिएको थियो।खोजी कार्य गर्दै जाँदा दुर्गा भगवतीकै वडा नं- ३ देखि दक्षिणमा बालक दासको र वडा नम्बर ५ बडहर्वानजिक निर्माणाधीन पुलको पायामा बालक झाको शव बरामद भएको वडा नं- ३ मत्सरीका अध्यक्ष डिके झाले बताए।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend