देवघाट तनहुँ:असार ३१ गते
तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित देवघाट गाउँपालिकाको आयोजनामा गरिबी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम नयाँ उद्यमी सिर्जना तर्फ आधारभूत कटाई सिलाई तालिमको आज एक कार्यक्रम बिच समापन भएको छ।
सो कार्यक्रम यहीँ मिति २०७९ असार १६ गतेदेखि २०७९ असार २५ गते सम्म सञ्चालन भएको थियो।

कार्यक्रममा देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापाले लघु उद्यम विकास आधारभूत कटाई सिलाई तालिम बाट सहभागी महिला प्रशिक्षार्थी दिदिबहिनीहरुलाई आत्मनिर्भर बनाइ आर्थिक उन्नतिमा बिकास समेत हुने बताउनुभयो।साथै अध्यक्ष थापाले समग्र देवघाट गाउँपालिकाको बिकासको निम्ति सवै संघ संस्थाहरु संघ समन्वय गरी दिगो बिकास कार्यलाई अगाडी बढाउने बताउनुभयो।

सो कार्यक्रममा देवघाट गाउँपालिका उपाध्यक्ष भुवन सिं गुरुङले कटाई सिलाई तालीम लिए पछि निरन्तरता दिन आग्रह गर्दै सामुहिक रुपमा फर्म दर्ता गरी व्यावसायिक रुममा अगाडी बढ्न प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभयो।साथै उपाध्यक्ष गुरुङले आगामी दिनहरु आफ्नो व्यक्तिगत र गाउँपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो।

तेस्तै देवघाट ५ नम्बर वडा अध्यक्ष पुर्ण बहादुर कुँवरले सिप तालिम बाट महिला दिदीबहिनीहरुको चेतना,क्षेमता बिकास हुने बताउदै कटाई सिलाई तालीमलाई व्यावसायिक रूपमा अगाडी बढ्न जोड दिनुभयो।वडा अध्यक्ष कुँवरले सामुहिक रूपमा फर्म दर्ता गरि कटाई सिलाई ब्यबसाय सुरु गरेमा एक महिनाको कोठा भाडा शुल्क आफ्नो व्यक्तिगत तर्फबाट दिने प्रतिबद्ध समेत गर्नुभयो।

कार्यक्रममा प्रशिक्षार्थीहरुको तर्फबाट बसन्ती बोटेले स्वागत मन्तव्य राख्नुभएको थियोे भने धन्यवाद मन्तव्य देवघाट ५ नम्बर वडा सदस्य कमला गुरुङले राख्नु भएको थियो।सो कार्यक्रममा देवघाट गाउँपालिका कार्यक्रम शाखा अधिकृत कृष्णराज पन्त र प्रशिक्षक लक्ष्मी रानामगर लगाएको उपस्थिति रहेको थियो।







