मोरङको पेट्रोल खानी गौचरणमा परिणत

images
  • 150
    SHARES
  • आषाढ ३१, २०७९ शुक्रबार
    मोरङको पेट्रोल खानी गौचरणमा परिणत
    images

    काठमाण्डाै -

    नेपालमा पेट्रोलियम खानीको प्रचुर सम्भावना रहे पनि यकिन गर्न नसक्दा खानीहरु बेवारिसे बनेका छन् । 

    morang_Qpl0IAqPJI.jpg

    पेट्रोलियम पदार्थमा परनिर्भर रहनुपरेको नेपालमा १० वटा खानी छन् । सन् २०१९ देखि चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा दैलेखमा पेट्रोलियम पदार्थको विस्तृत अन्वेषण कार्य अघि बढाइएको छ । तर कुनै पनि ठाउँमा सरकारले गहन अनुसन्धान र अध्ययन गर्न नसक्दा सञ्चालन र सदुपयोग हुन सकेका छैनन् ।

    सरकारले सञ्चालनको लागि चासो र उत्सुकता नदेखाउँदा आफ्नै देशमा भएको पेट्रोल खेर गइरहेको छ । मोरङको बेलबारी नगरपालिका वडा नम्बर ८ बाहुनीमा रहेको खानीको अवस्था पनि त्यस्तै छ । सरकारले चासो नदिँदा पेट्रोल खानी जीर्ण बन्दै गएको छ ।

    अन्वेषण गर्न बनेका भवन भग्नावशेष भइसकेको छ भने अन्वेषण गर्न ल्याएको कच्चा पदार्थहरु नष्ट भएका छन् । सरकारले बेलाबेला आएर हेर्नेबाहेक अन्य काम गर्न नसकेको बताउनुहुन्छ स्थानीय कुलबहादुर भण्डारी । उहाँले सरकारले पूर्ण चासो दिएर काम गर्ने हो भने पेट्रोलका लागि अहिलेको अवस्थाको सामना गर्नु नपर्ने बताउनु भयो । 

    २०४५ सालमा सरकारको सहयोगमा निजी विदेशी कम्पनीले मोरङको बाहुनीमा पेट्रोल खानीको अन्वेषण गरे पनि सरकारले त्यस कार्यलाई निरन्तरता दिन नसकेको गुनासो गर्नुहुन्छ स्थानीय यामप्रसाद तिमिल्सिना । याे कम्पनीले ६ महिना लगाएर साढे तीन किलोमिटरसम्म जमिन छेडेर अध्ययन गरेको बताउनु भयो ।

    ३४/३५ वर्ष बितिसक्दा पनि यस ठाउँमा सरकारले कुनै काम नगरेको उहाँको भनाइ छ । यस ठाउँकाे खानी सञ्चालनमा नल्याउन भारतको दबाब दिएको गुनासो रहेको बताउनु भयो । उहाँले नेपालको खानी सञ्चालन गरे भारतको खानी सुक्ने भएकाले भारतले नदिएको गुनासो आउने गरेको बताउनुभयो । 

    २०४५ सालमा चाइना कम्पनीले आएर अनुसन्धान पूरा गरी नेपाल सरकारलाई जिम्मा लगाएको खानीका पाले कपिलमणि रेग्मीले बताउनु भयो । अहिले खानी आसपासको क्षेत्र गौचरणमा सीमित भएको उहाँको भनाइ छ । 

    सरकारको बेवास्ताका कारण अहिले याे ठाउँ जङ्गलमा परिणत तएको छ । सरकारको मुख्य समस्या पेट्रोलियम पदार्थको खानी स्वदेशमा नै रहे पनि आफूसँग भएका खानी सञ्चालन गर्न सकेको छैन ।

    बेलबारी-८ बाहुनीमा रहेको व्यक्तिको ४ दशमलव ९ सय ६९ वर्गमिटर जमिन खानी तथा भूगर्भ विभागले किनेको छ । अहिले खानी सञ्चालनका लागि विदेशबाट मगाइएका सामानहरु बेवारिसे भइ खेर गएको स्थानीयहरुको भनाइ छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend