शेयर बजार आज शुक्रवार झन्डै आठ अङ्कले बढ्याे

images
  • 153
    SHARES
  • आषाढ ३१, २०७९ शुक्रबार
    शेयर बजार आज शुक्रवार झन्डै आठ अङ्कले  बढ्याे
    images

    काठमाण्डाै –

    शेयर बजार आज शुक्रवार झन्डै आठ अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज सात दशमलव ९३ अङ्कले बढेर दुई हजार नौ दशमलव ४६ अङ्कमा पुगेको छ ।

    Share_nepse_market_aXzVpjR70b.jpg

    आज बैकिङ, विकास बैंक, माइक्रोफाइनान्स, जीवन बीमा र म्युचल फन्ड समूहको शेयर बढेको छ । दुई सय ३१ कम्पनीका ४० लाख ५१ हजार कित्ता शेयर एक अर्ब ४५ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै माथिल्लो तामाकोशीको शेयर १९ करोड ७२ लाख रुपैयाँमा किनबेच भयो ।

    आज नेपाल इन्भेस्टमेन्ट डिबेन्चर र माछापुच्छ्रे बैंकको डिबेन्चरको शेयर १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि ग्रीनलाइफ हाइड्रोपावरको शेयर सबैभन्दा धेरै साढे पाँच प्रतिशतले घटेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend